सुर्खेत टिपर काण्ड :मृतककाे शव परिवारले नपाएकाे भन्दै आक्राेश

डिसी नेपाल
१६ माघ २०७६ ९:३७

सुर्खेत। मंगलबार बिहान टिपरले किचेर मृत्यु भएका केशव सिंहको न्यायको लागि वीेन्द्रनगरमा आफन्तहरुले आज बिहीबार पनि शान्तिपूर्ण आन्दोन जारी राखेका छन्।
टिपर मालिकविरुद्ध ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गर्ने घोषणा गर्दै बुधबार बेलुका यरी चोकमा विरोध र्यालीमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका थिए।

विज्ञप्तिमा पीडित परिवार संघर्ष समितिका संयोजक राजन सिंहले टिपर चालक र मालिकलाई जन्मकैदको फैसला हुनुपर्ने, पीडित परिवार तथा घाइतेहरुको उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने बताए।

घटनापछि प्रशासनले समस्या समाधानको लागि जिम्मेवार बन्नुको सट्टा घटनास्थलको मुचुल्का र परिवारको सहमति बिनै लाश उठाएको आफ्न्तको आरोप छ।
उनीहरुले आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले नै लिनुपर्ने बताएका छन्। शान्तिपूर्ण धर्ना र जुलुस प्रदर्शन गरेका पीडितहरुले आफ्नो माग पूरा नभए आन्दोलनलाई सशक्त पार्ने जनाएका छन्।

हिजो (बुधबार) दिनभर शान्त रहेको वीरेन्द्रनगर साँझ साढे ६ बजेदेखि पुनः पीडितका आफन्तहरुले शान्तिपूर्ण र्याली निकालेका थिए। आज बिहान देखि यातायात बन्दको आह्वान गर्न पीडित पक्षले र्याली निकालेर वीरेन्द्रनगरको एरी चोक हुँदै बसपार्क, बसपार्क हुदै वीरेन्द्रचोक बाट पुन यरीचोक पुगेका छन्।

मृतक केशवकी फुपू पार्वती सिंहले विज्ञप्तिमा जारी गरिएका माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएकी छन्। उनले हालसम्म मृतक केशवको शव कहाँ छ भन्ने विषय आफन्तसँग कुनै जानकारी नभएको र प्रशासनले लुकाएर राखेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *