१ महिनामा ३ पटक आमा बनिन् महिला, तीनवटै बच्चा स्वस्थ

डिसी नेपाल
१६ माघ २०७६ १२:१२

काठमाडौं। सामान्यतया बच्चा आमाको गर्भमा ९ महिना रहेपछि जन्मिन्छ । तर मार्च २०१९ मा भने एक महिलाले एक महिनाभित्र ३ जना बच्चालाई जन्म दिएकी थिइन् । यो घटनाले डाक्टरहरुलाई नै आश्चर्यमा पारेको थियो । चिकित्सा विज्ञानको लागि यो घटना कुनै रहस्य भन्दा कम थिएन । यो घटना बंगलादेशको थियो जहाँ २० वर्षकी आरिफा सुल्तानले १ महिनाभित्र ३ बच्चालाई अलग अलग समयमा जन्म दिएकी थिइन् ।

आरिफाले एउटा बच्चा जन्माएको २६ दिनपछि फेरि जुम्ल्याहा बच्चा जन्माएकी थिइन् जसबाट डाक्टरहरु आश्चर्यचकित भएका थिए । महिलाका तीनवटै बच्चा स्वस्थ थिए । डाक्टरहरुलाई सबैभन्दा आश्चर्य यो कुरामा भएको थियो कि पहिलो बच्चा जन्मिएपछि पनि उनीहरुलाई आरिफाको गर्भमा अन्य २ बच्चा हुर्किरहेको किन थाहा भएन ? आरिफा सुल्तानकी डाक्टर शीला पोद्दारका अनुसार उनको पहिलो डेलिभरी सामान्य भएको थियो । तर, त्यस क्रममा उनको पेटमा अन्य २ बच्चा भएको जानकारी भएन ।

आरिफाले पहिलो बच्चा जन्माएको २६ दिनपछि पेट दुखेका कारण फेरि डाक्टरकहाँ आइन् । त्यतिबेला अल्ट्रासोनोग्राफी गर्दा थाहा भयो कि उनको पेटमा २ गर्भाशय थिए र दोस्रो गर्भाशयमा जुम्ल्याहा बच्चा हुर्किरहेका थिए । डाक्टरले जुम्ल्याहा बच्चाको भने अपरेशन गरेर सिजेरियन डेलिभरी गराउने निर्णय गरे । आरिफाले पहिलो पटक छोरा जन्माउकी थिइन् । दोस्रो पटक जुम्ल्याहा सन्तान छोरा र छोरी थिए । डाक्टरका अनुसार सबै बच्चा स्वस्थ थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *