सूर्यको सतह अहिलेसम्मकै नजिकबाट हेर्दा यस्तो देखियो (भिडियोसहित)

डिसी नेपाल
१६ माघ २०७६ १६:२९

बीबीसी । हवाईस्थित डानियल के इनौउए सोलार टेलिस्कोपले सूर्यको ३० किलोमिटरसम्म सानो भागको तस्बिर जारी गरेको छ। पृथ्वीबाट १५ करोड किलोमिटर पर रहेको १४ लाख किलोमिटर व्यास रहेको सूर्यको त्यति नजिकको तस्बिर विरल छ।

भिडियोमा देखिएको प्रत्येक कोषको आकार अमेरिकाको टेक्सस जत्रै छ। त्यो कोष प्लाज्मा भनिने तातो ग्यासको पिण्ड हो। बीचमा देखिएको उज्यालो सौर्य वस्तु हो र वरपरको कालो भने प्लाज्मा चिसो भइरहेको स्थान हो।

सो नयाँ टेलिस्कोप हालेअकाला नामक ३,००० मिटर अग्लो ज्वालामुखी पहाडमा राखिएको छ। यसको चार मिटरको ऐना सौर्य टेलिस्कोपमा भएको सबैभन्दा ठूलो हो।

यो टेलिस्कोप सूर्यले कसरी काम गर्छ भन्ने अध्ययन गर्न प्रयोग गरिने छ। वैज्ञानिकहरू अन्तरिक्ष मौसम भनिने ऊर्जा विस्फोटको अनुमान सहि तरिकाले गर्न सूर्यको व्यवहारको अध्ययन गर्न चाहन्छन्।

‘पृथ्वीमा हामी मौसमको सही पूर्वानुमान गर्न सक्छौँ तर अन्तरिक्षमा सक्दैनौँ,’ सो टेलिस्कोपको व्यवस्थापन गर्ने अशोसियशन अफ यूनिर्भर्सिटिज् फर रिसर्चका म्याट माउन्टेनले भने।

यो टेलिस्कोपले अर्को हप्ता फ्लोरिडाबाट प्रक्षेपण गरिने सोलार अर्बिटरसँग मिलेर काम गर्नेछ। यूरोप र अमेरिकाको संयुक्त प्रयासका रूपमा रहेको सोलार अर्बिटरले सूर्यको सबैभन्दा नजिकबाट अर्थात जम्मा चार करोड किलोमिटरबाट तस्बिर खिच्नेछ।

हेर्नुहोस भिडियोः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *