चीनमा नेपालीहरु सुरक्षित रहेको चिनियाँ राजदुतद्वारा जानकारी

डिसी नेपाल
१६ माघ २०७६ २१:४५

काठमाडौं। चीनका सबै शहरमा कोरोना भाइरस फैलिएको खबर आइरहेका बेला चीनमा रहेका नेपालीहरुको अस्वस्थाबारे चासो बढेको छ। नेपालको स्वास्थ्य मन्त्रालयले चीनबाट फर्काइएका नेपालीलाई राख्ने स्थान नभएको चिन्ता जाहेर गरेको बेला नेपालस्थित चिनियाँ राजदुत हउ याङ्कीले भने चीनमा नेपालीहरु सुरक्षित रहेको बताएकी छन्।

ट्वीटरमा चीनमा रहेका नेपालीहरुसँगको कुराकानीको भिडियो शेयर गर्दै राजदुतले चीनमा नेपालीहरु सुरिक्षत रहेको बताएकी हुन्।
भिडियोमा नेपालीहरुले आफूहरु सुरक्षित रहेको र पटक पटक स्वास्थ्य जाँच गरिरहेको बताएका छन्।

चीनमा अघिल्लो हप्ता पहिलो पटक देखा परेको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ। पहिलो पटक यो रहस्यमीय भाइरस चीनको वुहान शहरमा देखा परेको थियो।

यसपछि बिहीबारसम्म आइपुग्दा चीनका सबै शहरमा यो भाइरस देखा परेको चिनियाँ अधिकारीहरुले बताएका छन्। विश्वका विभिन्न १६ देशमा यो भाइरस फेला परिसकेको छ। नेपालमा पनि संक्रमित फेला परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *