ससुरालीको मागले बेहुलाको सातो गयो, बिहे गर्न ठिक्क परेका युवा प्रेमिका छोडेर टाप !

डिसी नेपाल
१७ माघ २०७६ १४:५३

काठमाडौं। बिहेको छिनोफानो गर्दा बेहुला पक्षले बेहुली पक्षसँग ठूलो परिमाणमा दाइजो मागेको त हामीले सुनेका छौं तर बेहुलीका माइती पक्षका ठूला मागहरुको बारेमा भने सुनिँदैन । तर, नाइजेरियामा आफ्नी हुनेवाली श्रीमतीका माइतीको मागले एक जना बेहुला यतिसम्म आत्तिए कि उनले बिहे नै नगर्ने निर्णय गरे । नाइजेरियाको मिडिया जीएचपेजका अनुसार एन्डरसन नामका ती युवाले आफ्नी प्रेमिकासँग उनका माइतीको माग पूरा गर्न नसक्ने बताएका छन् । उनले प्रेमिकालाई आफ्ना माइतीको माग पूरा गर्न सक्ने अर्कै केटा खोज्न पनि सुझाव दिएका छन् ।

नाइजेरियामा बिहेका बेला बेहुलीका माइती पक्षले ‘ब्राइड प्राइस’ लिने संस्कार छ । यो संस्कार अनुसार बिहेअघि बेहुलाले बेहुलीका माइतीलाई निश्चित सामान र रकम भुक्तानी दिनुपर्छ । बेहुलीका माइतीलाई यो भुक्तानी पैसा वा वस्तु जुनसुकै रुपमा गर्न सकिन्छ । केहीले यो सबै एकै पटक दिन्छन्, केहीले किस्तामा दिन्छन् । एन्डरसनका अनुसार ब्राइड प्राइसको रुपमा उनका हुनेवाला ससुरालीले जे मागेका थिए त्यो सूची देखेर उनको होश उड्यो । त्यसपछि उनले यो परिवारमा बिहे नगर्ने निर्णय गरे ।

एण्डरसनले ससुरालीले मागेका कुराहरुको सूचीको फोटो नै खिचेर सामाजिक संजालमा हालिदिएका छन् । सामाजिक संजालमा यो सूची निकै तीब्र गतिमा भाइरल भइरहेको छ । सामानको सूचीमा बेहुली पक्षले बेहुलीकी आमाको लागि थुप्रै सामानका साथे ठूलो रकम नगद पनि मागेका छन् । एण्डरसनकी प्रेमिका भने उनलाई बिहे नतोड्न आग्रह गरिहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *