गायक समिर र आरजेको ठुम्का रिलिज (भिडियो)

डिसी नेपाल
१७ माघ २०७६ १६:०६

काठमाडौं । पछिल्लो समयका चर्चित गायक समिर आचार्य र मिस्टर आरजेले नयाँ गीत बजारमा ल्याएका छन् । आचार्यको स्वर रहेको यस गीतमा आरजेको र्‍याप रहेको छ ।

सुदुरपश्चिमी भाषामा निर्माण गरिएको यस गीतमा सन्तोस सुनारको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सक्कीगोनीका चर्चित हाँस्य कलाकार हरिश निरौला र नायिका आँचल शर्मा फिचर्ड गरिएका छन् । भिडियोमा हरिश र आँचलले दमदार नृत्य गरेका छन् ।

रामकुमार केसीले छायांकन गरेका यो भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन् । गीतको भिडियोमा राजिव समरले नृत्य निर्देशन गरेका छन् । भने भिडियोका निर्माता मनोज बस्नेत रहेका छन् ।

गीतको भिडियो ‘८ के एभरेष्ट मोसन पिक्चर्स’बाट सार्वजनिक गरिएको छ ।

भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *