प्रहरीको सई हुँ भन्दै ठगी धन्दा चलाएपछि…

डिसी नेपाल
१७ माघ २०७६ १६:२३

काठमाडौं। भनिन्छ, चोर अगाडि हुन्छ प्रहरी पछाडि। तर, जब चोर नै प्रहरी बनेपछि कथा अर्कै बन्छ। ठगी धन्दा झन नाटकीय र रहस्यपूर्ण बन्छ।

यस्तै नाटकीय ठगी धन्दा चलाउने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको नायब निरीक्षक (सई) हुँ भन्दै ठगी धन्दा चलाउने रामेछापको मन्थली नगरपालिकाका २६ वर्षीय राजु कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार विगत केही समयदेखी काठमाडौं उपत्यकामा नेपाल प्रहरीको सई हुँ भन्दै सोझा–साझा मानिसहरुलाई लक्षित गरी कार्कीले ठगी गर्दै आएका थिए। उनले ‘म नेपाल प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु र मसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्छु सक्छु, मसँग भएको ३० लाख तपाईको खातामा हालिदिन्छु भनी जिल्ला सिन्धुपाल्चोक हेलम्बु गापा वडा नं ३ घर भई हाल काठमाडौं मनहरा बस्ने लक्ष्मण गिरीलाई’ ठगी गरेको प्रहरीले जनाएको छ।

उनले गिरीलाई तपाईको र मेरो बैंक (ट्रान्जेक्सन) देखाउन तपाईंले मलाई ३ लाखको चेक काटिदिनुस् र पछि तुरुन्तै म तपाईंलाई ३० लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिलस्थित नेपाल बैंक लि. को शाखामा लगी अलपत्र छाडी नगद रु। ३ लाखनेपाल बैंक लिमिटेड,कालिमाटी शाखाबाट निकाली ठगी गरेका थिए।

कार्कीलाई प्रहरीले बिहीबार कलङ्कीबाट पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *