मोटरसाईकल दुर्घटनामा परी सिन्धुलीमा २ जनाको मृत्यु

डिसी नेपाल
१८ माघ २०७६ १२:१५

सिन्धुली । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ।

बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो।

दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले बताएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

आज बिहान कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्प नजिक सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *