सरकार शहीदका सपना पूरा गर्न प्रतिबद्ध छ : मन्त्री पुन

डिसी नेपाल
१८ माघ २०७६ २२:५६

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका शहीदका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको बताएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको प्रथम साधारणसभालाई यहाँ शनिबार सम्बोधन गर्दै मन्त्री पुनले शहीदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट पारे।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेला जनयुद्धका शहीदलाई शहीद घोषणा गरिएको स्मरण गर्दै सो निर्णयलाई वर्तमान सरकारले जतिसक्दो चाँडो राजपत्रमा प्रकाशित गरी लखन थापादेखि जनयुद्धसम्मका शहीदलाई राष्ट्रिय शहीदको सूचीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको भन्दै माओवादी १० वर्षे जनयुद्ध सही भएको पुष्टि गरे ।

“जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान हो, जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेका छन, जनयुद्ध चाहिँ कसरी गलत भयो भन्दै प्रश्न गर्नुभयो ।” उनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गर्दै जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको र इतिहासलाई कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *