सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

डिसी नेपाल
१९ माघ २०७६ १७:३३

काठमाडौं । सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । रामधुनी नगरपालिका–२ कृषिफर्मस्थित सडकमा बा.५ ख ३१५७ नम्बरको हाईस र ना.६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हाइस चालक धादिङ बैरेनी–३ बस्ने दिपक खड्का, हाईसमा सवार झापा भद्रपुर–५ बस्ने ६८ वर्षीया डोल कुमारी कोईराला र उनका श्रीमान हेमराज कोईरालाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका झापा चन्द्रगडी बस्ने १८ वर्षीया गरीमा गौतम समेत २ जनाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनमा घाइते भएका अन्य १५ जनालाई उपचारका लागि एपेक्स अस्पताल ईटहरीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
फरार रहेको बस चालकको खोजी भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *