जीपको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
२० माघ २०७६ १३:३०

सुर्खेत। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत भैरबी गाउँपालिका २ रावतकोटमा जीपको ठक्करबाट आइतबार राति एक बालकको मृत्यु भएको छ।

डाडीमाडी बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु १ च ६२९२ नम्बरको बोलेरो जीपले सडकमा खेलिरहेका ४ वर्षीय प्रकाश थापालाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते बालकको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए। प्रहरीले जीप चालक बलबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *