प्रमुख जिल्ला अधिकारी जब ५ वटा मुद्दामा मुछिए…

डिसी नेपाल
२० माघ २०७६ १६:४०

काठमाडौं । अख्तियार दुरुपयाग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै रिजालविरुद्ध ४ वटा घुस र १ वटा अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको जनाएको छ ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दामा रिजालले केश लाग्छ, कारागारमा ५ वर्ष बस्नुपर्छ जस्ता डरत्रास देखाई घुस मागेको आरोप लागेपछि उनलाई लिम्बन गरिएको छ । उनले पटक–पटक गरी फरक–फरक सेवाग्राहीसँग ५ लाख बढी घुस लिएको अख्तियारले विज्ञप्तिमा जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *