कोरोना भाईरस बारे मुगुमा सचेतना र्‍याली

डिसी नेपाल
२० माघ २०७६ १८:४१

मुगु । हिमाली जिल्ला मुगुमा नोवेल कोरोना भाईरसका बारेमा सचेतना ¥याली गरीएको छ । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सोमबार मुगु सदरमुकाम गमगढीमा नोवेल कोरोना भाईरसबाट बच्ने उपाय बारे जनचेतना दिन र्‍यालीको आयोजना गरिएको हो । र्‍याल ले सदरमुकाम बजार परिक्रमा गरेको थियो ।

चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमण चीनसंग सीमाना जोडिएका जिल्लाहरुमा फैलन सक्ने भन्दै सचेतना कार्यक्रम गरीएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

एक महिनादेखि चीनमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भईरस विश्वका धेरै देशहरूमा फैलिएपछि चिनसंग सीमाना जोडिएको मुगुमा पनि फैलिन सक्ने भन्दै नागरिकलाई यस रोगका बारेमा सचेतना दिन र सजक रहन सुझाउनका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु र समुदाय प्रहरी साझेदारी कार्यक्रमको समन्वयमा कार्यक्रम गराईएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

प्रजिअ घिमिरेका अनुसार नोवेल कोरोना भाईरसका बिरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपालले पनि सजगता अपनाएको छ ।

मुग जिल्ला पनि चीनसंग नजिक रहेको र संगै सीमाना जोडिएको जिल्ला भएकाले नोवेल कोरोना भाईरसका विरुद्ध बजार र्‍याली गरी कसरी कोरोना भाईरसबाट बच्ने र रोग लाग्नु भन्दा नलाग्न कसरी ध्यान दिने भन्ने बारेमा नागरिक स्तरमा सचेतना कायक्रम गरीएको प्रजिअ घिमिरेले बताए ।

स्वास्थ्य सेवा कार्यलय मुगुका डाक्टर नहकुल शाहीले नोवेल कोरोना भाईरसबाट कसरी बच्ने , यस्का लक्षणका बारेमा नागरिक स्तरमा प्रष्ट पारे । उनले भने नोवेल कोराना भाइरस एक सरुवा रोग हो । मुगु चीनसंग सिमा जोडिएको जिल्ला भएकाले यो मुगुमा पनि नफैलिएला भन्न सकिदैन त्यसैले यसबाट बच्न स्वयंम नागरिक सचेत हुनुपर्ने बताए ।

नोवेल कोरोना भाईरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका हुने भएकाले यस्तो अबस्थामा घरमै नबसी नजिकको स्वास्थ्य संस्था एवंम जिल्ला अस्पतालमा आई समयमै उपचार गराउन सबैमा डाक्टर शाहीले आग्रह समेत गरेका छन् ।
मुगु सदरमुकाम गमगढीबाट चीनको सीमा ८४ किलोमिटर मात्रै टाढा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *