धादिङबाट २० किलोग्राम लागुऔषध चरेस सहित ५ जना पक्राउ
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले २० किलोग्राम लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ ।
बेनिघाट रोराङ ४ स्थित मलेखु जाने आउने कच्ची सडकमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरीकार्यालय गजुरी समेतबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काफलफेदी धादिङ बस्ने २८ वर्षका कुकलाल गोम्वो, १९ वर्षका भिमबहादुर गोम्वो, २२ वर्षका पासाङ तामाङ र ५० बर्षका कान्छामान स्याङतान रहेका छन । यसैगरी, म्याग्दी मालिका गाउँपालिका दरवाङका ३० वर्षका तिलक वि.क. रहेका छन्।
उनीहरुबाट २० किलोग्राम चरेशसहित चरेस बनाउने केमिकल १ लिटर, २ लाख ४० हजार नगद र विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment