भन्सार कार्यालयका नायब सुब्ब घुस सहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनकपुर भन्सार कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राज अन्सारी रहेका छन् । अख्तियारले अन्सारीलाई सोमबार साँझ १ लाख ५० हजार घु्स सहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ पिडारी चोकबाट १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment