सार्वजनिक समुद्र किनारमा दिउँसै यौनमा लिप्त जोडीले पुलिस आउँदा पनि रोक्न नमानेपछि…

काठमाडौं। पारिवारिक समुद्र किनारमा यौनमा लिप्त जोडीले पुलिस आएर रोदा पनि रोक्न नमानेको घटना सार्वजनिक भएको छ । यो जोडीमा महिला बेलायती र पुरुष अस्ट्रेलियन भएको डेलिमेलको समाचारमा उल्लेख छ । फिलिपिन्सको व्यस्त समुद्र किनार बोरेके आइल्याण्डमा भएको घटनामा ज्यास्मिन नेली नामकी युवती एन्थोनी क्यारियो नामका युवक यसरी भेटिएका हुन् । उनीहरु दुवै २६ वर्षका भएको बताइएको छ ।

गत बिहीबार बेलुका पौने ६ बजेको घटनामा पुलिस आएर उनीहरुलाई रोक्न भने पनि उनीहरुले आफ्नो यौनक्रिडा जारी राखेको बताइएको छ । पुलिसले उनीहरुलाई पक्राउ गरेकोमा पछि जमानतमा छोडिदिएको छ । घटनाको बेला त्यहाँ बालबालिकासहित धेरै मानिसहरु भएको पुलिसले बताएको छ । स्थानीय पुलिस अधिकारी जोएल बांगरा ओराका अनुसार दुवै नशामा थिए ।

उनीहरुले गिरफ्तार भएपछि पनि पुलिसको गाडीमा समेत यौन क्रिडा जारी राख्न खोजेको बताइएको छ । यो जोडीमाथि सार्वजनिक स्थानमा अनैतिक काम गरेको र पुलिसलाई अटेरी गरेको मुद्दा चलाइएको छ । पक्राउ परेपछि पुरुषले घटनास्थलबाट भाग्ने कोसिस गरेको समेत पुलिसले बताएको छ । पुलिसले फेब्रुअरीमै उनीहरुविरुद्ध सुनुवाइ सुरु हुने र यदि उनीहरु सुनुवाइमा उपस्थित नभए उनीहरुलाई फिलिपिन्स यात्रामा प्रतिबन्ध लगाइने बताएको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position