सुर्खेतमा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, १३ जना घाइते

डिसी नेपाल
२१ माघ २०७६ १४:२९

सुर्खेत।  सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं  १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ, १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेरो दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख सिजापतिका अनुसार १३ जना घाइतेको अहिले माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *