१९ वर्षदेखि प्रहरीमा जागिर गरिरहेका थिए हत्यारा, अहिले यसरी खुल्यो पोल

डिसी नेपाल
२१ माघ २०७६ १४:४५

काठमाडौं। हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका व्यक्तिको जीवन जेलमै बित्छ । तर, भारतको उत्तराखण्डमा भने अदालतले आजीवन कारावासको सजाय सुनाएका एक युवक जेल गएनन् । बरु, उनले पुलिसमा भर्ती हुन आवेदन दिए, पुलिसमा भर्ती भए र १९ वर्षसम्म जागिर पनि खाए । रोचक त के भने यो अवधिमा कसैले यसको पत्तो पाएनन् । यो अवधिमा राज्यका कैयौं पुलिस स्टेशनमा उनको सरुवा पनि भयो । अहिले उनको पोल खुलेको हो ।

उत्तर प्रदेशको बरेलीमा १९९७ मा भएको एक हत्याको घटनामा मुकेश कुमार नामका व्यक्ति आरोपी थिए । समाचार एजेन्सी पीटिआइका अनुसार पन्तनगर पुलिस थानामा मुकेश कुमारविरुद्ध आइपीसी धारा ४२० अन्तर्गत मुद्दा दर्ता भएको थियो । पन्तनगरका एसएचओ अशोक कुमारका अनुसार आफूविरुद्ध मुद्दा भए पनि उनले २००१ मा पुलिमा भर्ती हुन आवेदन दिए । परीक्षामा उनी पास पनि भए । उनी हत्या आरोपी भएको यसकारण खुलेन किनकि उनले आफ्नो वास्तविक ठेगानाको सट्टा शहदौरा किच्छा ठेगाना लेखेका थिए ।

अहिले उनी अल्मोडामा तैनाथ थिए । उनीमाथि लागेको अभियोगमा अहिलेसम्म अदालतबाट फैसला भएको थिएन । अहिले अदालतले यो मुद्दामा फैसला गर्यो । फैसलासँगै उनको पोल खुल्यो । अब यो विषयमा जाँच भइरहेको छ । जाँचपछि मुकेश कुमारविरुद्ध कारवाही हुनेछ । २२ वर्ष अगाडि लागेको हत्याको आरोप लुकाउँदै मुकेशले जागिर गरिरहेका थिए । अहिले अदालतको फैसला आएपछि पनि केही दिन कसैले थाहा पाएनन् । तर, केही दिनअघि बरेलीका एक व्यक्तिले अल्मोडाका एसएसपीलाई यसको जानकारी दिँदै मुकेश समेत ६ जना आरोपीलाई आजीवन कारावासको सजाय भएको खबर दिए । त्यसपछि भएको जाँचमा मुकेशले भर्तीको क्रममा गलत जानकारी दिएको खुलासा भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *