वर्षमा १५ करोड तलब पाउने बैंकका हाकिमले क्यान्टिनबाट स्याण्डविच चोरेपछि…

डिसी नेपाल
२२ माघ २०७६ १२:००

काठमाडौं। ठूलो तलब पाउने एक बैंकका उच्च तहका एक अधिकारीले आफ्नो कार्यालयको क्यान्टिनबाट स्याण्डविच चोरी गरेको आरोपमा जागिर गुमाउनु परेको छ । ३१ वर्षका पारस शाह नामका यी बैंकरले बैंकबाट १ वर्षमा १ मिलियन पाउण्ड (१४ करोड ८५ लाख नेपाली रुपैयाँ) सुविधा पाउँथे । इन्भेस्टमेन्ट बैंक सिटी ग्रुपले जाँचपछि पारसलाई निलम्बन गरेको छ । उनी युरोप, मध्यपूर्व र अफ्रिकामा सिटी ग्रुपका प्रमुख थिए ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार बैंकले पारसलाई केही आरोप लागेपछि निलम्बन गरेको हो । आरोपमध्ये बैंकको लण्डनस्थित हेडक्वार्टरमा रहेको क्यान्टिनबाट स्याण्डविच चोरेको आरोप पनि छ । पारसले क्यान्टिनबाट कति पटक र कति स्याण्डविच चोरे भन्ने खुलासा भइसकेको छैन । मिडिया रिपोर्टअनुसार यो विषयमा बैंक र पारस शाह दुवैले आफ्नो पक्षमा स्पष्टीकरण दिएका छैनन् ।

लिंक्ड इन प्रोफाइलका अनुसार शाहले अर्थशास्त्रमा २०१० मा युनिभर्सिटी अफ बाथबाट ग्रयाजुएशन गरेका हुन् । उनको सेक्युरिटी, ट्रडिङ र रिस्क म्यानेजमेन्टमा दखल छ । उनलाई बैंकले त्यो समयमा निलम्बन गरेको छ जतिबेला बैंकका स्टाफको वार्षिक बोनल भुक्तानी हुने समय भएको थियो । यस्तै एउटा घटना २०१६ मा पनि भएको थियो । त्यतिबेला एक जापानी बैंकरलाई आफ्नो साथीको बाइक चोरेको आरोपमा जागिरबाट निकालिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *