इन्टरनेटमा ब्लु फिल्म हेर्दै थिए, भिडियोमा आफ्नै श्रीमतीलाई देखेपछि…

डिसी नेपाल
२२ माघ २०७६ १३:४१

काठमाडौं। एक व्यक्तिले घरमै बसेर अनलाइनमा एडल्ट फिल्म हेर्दै थिए । अचानक उनको होश उड्यो । भिडियोमा जुन महिला अर्कै पुरुषसँग सम्बन्ध बनाइरहेकी थिइन् उनी उनकी पत्नी थिइन् । यो भिडियो देखेपछि उनले श्रीमतीलाई छोडिदिए । महिला डाक्टर हुन् भने पति सफ्टवेयर इन्जिनियर हुन् । आज तकको समाचार अनुसार दुवै बैंगलोरमा बस्थे । पति ३३ वर्षका र पत्नी ३२ वर्षकी छिन् ।

पति उत्तरु प्रदेशका र महिला कोलकाताकी हुन् । यी दुईको एक मेट्रिमोनीयल साइटमार्फत भेट भएपछि उनीहरुले २०१८ मा बिहे गरेका थिए । महिलाले बिहेभन्दा पहिले आफ्नो एक व्यक्तिसँग सम्बन्ध रहेको बताएकी थिइन् । उनले ती व्यक्तिसँग आफ्नो ब्रेकअप भइसकेको बताएकी थिइन् । दुवैको सम्बन्ध राम्रो चलिरहेको थियो । तर, महिला अक्सर पतिलाई पोर्न फिल्म हेर्न दबाब दिन्थिन् । पतिले पनि उनको कुरा मानेर पोर्न हेर्न थालेका थिए ।

यही क्रममा एकपटक पहिले पनि उनले श्रीमतीकै पोर्न भिडियो भेटेका थिए । महिलाले त्यो भिडियोमा भएका व्यक्ति आफ्ना पूर्व प्रेमी भएको बताएकी थिइन् । उनले ती व्यक्तिले यो भिडियोको आडमा आफूलाई ब्ल्याकमेल गरिरहेको बताएपछि पतिले उनको कुरा मानेका थिए । त्यसपछि सबै ठिक भइरहेको थियो तर फेरि केही दिनअघि उनले अनलाइनमा पोर्न भिडियो हेर्दा श्रमितीकै अर्को भिडियो भेट्टाए । यो भिडियोमा पुरुष पनि अर्कै थिए ।

यो देखेपछि पतिले यसबारे सोध्दा उनले बिहेभन्दा अगाडि आफूले धेरै पुरुषसँग सम्बन्ध बनाइसकेको बताइन् । यो सुनेपछि रिसाएका रदुखी पति उनलाई छोडेर एक्लै बस्न थाले । महिलाले पतिलाई फर्काउन यो केस पुलिस कमिश्नर अफिसको फ्यामिली काउन्सिलिङ सेन्टरमा पुर्याएकी छिन् । महिला आफ्ना पति फर्किउन् भन्ने चाहन्छिन् तर पतिले भने पत्नीले आफूसँग धेरै कुरा लुकाएको बताउँदै यसरी नयाँ नयाँ खुलासा हुन थालेपछि आफू उनीसँग बस्न नसक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *