हलिउडका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन

डिसी नेपाल
२३ माघ २०७६ १८:०८

लस एन्जेलस । हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए ।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए । उनि अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि थिए । करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरेका थिए।

उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको पुष्टी गरे । उनले पिताको निधनका बारेमा फेसबुकबाट सार्वजनिक गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *