कोरोना भाइसरको डरको पराकाष्ठा, यसरी गरियो विवाह

डिसी नेपाल
२४ माघ २०७६ ११:३७

सिंगापुर। चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको डरका कारण सिंगापुरमा एक जोडीले ‘लाइभ स्ट्रीमिङ’ मार्फत एक कार्यक्रममा सहभागी भएका छन्। सिंगापुरका जोसेफ यू र उनकी श्रीमती काङटाङ केही दिन पहिला चीनबाट फर्किएका थिए। त्यही भएर उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको आशंका गरियो। अनि उनीहरुले विवाहमा आउन अस्वीकार गरे।

संचारमाध्यमका अनुसार २४ जनवरीमा दुवै जना चीनको हुनान प्रान्तमा गएका थिए। जहाँ बेलुकीको परिवार बस्थ्यो। यो इलाका हुबई प्रान्तसँग जोडिएको छ। जहाँ कोरोना भाइरस बैभन्दा धेरै फैलिएको छ। उनीहरु दुवै जना ३० जनवरीमा सिंगापुर फर्किएका थिए। विवाह दुई फेब्रुअरीका लागि तय भएको थियो।

त्यसका लागि उनीहरुले होटल बुकिङ गरेका थिए। चिकित्सकले उनीहरुलाई सिंगापुर फर्किएको १४ दिनसम्म कसैसँग पनि सम्पर्कमा नआउन सुझाव दिएका थिए। तर विवाह पनि उनीहरुकै थियो। यस्तोमा विवाह कसरी गर्ने भन्ने विषय निकै अन्योलपूर्ण भयो। उनीहरुसँग विवाह रोक्ने वा विवाहमा पाउन नबोलाउने मात्रै विकल्प थियो।
त्यसपछि यो जोडीले विवाह दुई ठाउँबाट गर्ने निर्णय लियो।

‘हामी विवाह चुपचाप होस भन्ने चाहँदैन थियौं। यसकारण हामीले यो विधि अपनाएका हौं। हामीले विवाहको कार्डमा सबै पाहुनालाई त्यसैगरी कार्यक्रममा आउन भन्यौं जस्तो तयारी गरिएको थियो। तर त्यो ठाउँमा हामी हुँदैनौं। वैवाहिक कार्यक्रम हामी होटलमै गर्छौं। त्यहाँ सबै पाहुनालाई अभिवादन गर्छौं।’ उनले भने। १९० जनालाई बोलाएकोमा ११० जना उपस्थित भएका थिए।

त्यसपछि होटलको रुमबाट लाइभ स्ट्रीमिङमार्फत विवाहको औपचारिक कार्यक्रम गरियो। यसरी उनीहरुले अनौठो तरिकाले वैवाहिक कार्यक्रम समापन गरेका थिए।
सिंगापुरमा २८ जना भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या चीनपछिकै धेरै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *