गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानीले खेलाडी उत्पादन गर्ने

डिसी नेपाल
२४ माघ २०७६ २२:४१

चितवन । जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ ।

प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताए ।

रङ्गशाला सम्पन्न भएपछि कसले सञ्चालन गर्दछ भन्ने पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरपालिका, धुर्मुश सुन्तली फाउण्डेशन र सामाजिक अभियान्ता रहेको व्यवस्थापन समितिले रङ्गशाला सञ्चालन गर्ने प्रष्ट पारे । त्यसको आम्दानीले नेपालमा खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उनले केही हिस्सा सामाजिक कोषमा राखेर विपतमा परेकालाई सहयोग गरिने बताए ।

फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले आफूहरु सरकारको विरोधी नभएर सघाउन छिरेको अभियान्ता भएकाले सबैको साथ र सहयोगको अपेक्षा गरिन् । कार्यक्रममा प्रदेश नं २ बाट आएका रौतहटका अन्नपूर्ण कर्मी फणी महत, अन्नपूर्णकै जनकपुरका राजकरण महत्तो र कान्तिपुरका प्रदेश नं २ का ब्यूरो प्रमुख अजित तिवारीले फाउण्डेशनले प्रदेश नं २ मा बनाएका बस्ती उदाहरणीय भएको भन्दै रङ्गशाला निर्माणमा साथ र सहयोगका लागि पत्रकारको टोली आएको बताए ।

कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले रङ्गशाला निर्माणका लागि चितवनका जनतासँगै पत्रकार लागि परेको जानकारी दिए । रङ्गशाला हेर्न प्रदेश नं २ का छ जिल्लाबाट १४ पत्रकार आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *