राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट निकाले आफूबिरुद्ध बयान दिने सैनिक कर्णेल

डिसी नेपाल
२५ माघ २०७६ ५:१६

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा मामिला हेर्ने अधिकारीलाई हवाइट हाउसबाट निकालेर पेन्टागनमा फिर्ता पठाएका छन् । महाअभियोगका क्रममा उनले ट्रम्पविरुद्ध बयान दिएका थिए ।

लेफ्टिनेन्ट कर्णेल अलेक्जाण्डर भिन्दमानलाई राष्ट्रिय सुरक्षा परिषद्बाट पेन्टागन पठाइएको हो । उनले राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीका बीचको टेलिफोन संबादबारे संसदको महाभियोग सुनुवाई समितिमा बयान दिएका थिए ।

उनी यो प्रकरणमा सत्य बोल्ने सुरक्षा अधिकारी ठनिएका थिए । उनलाई सत्य बोले बापतकोे सजाय दिइएको उनका वकिलले बताएका छन् । ट्रम्प विरुद्धको महाअभियोगलाई गएको बुधबार सिनेटले अस्वीकृत गरेको थियो ।

अमेरिकी मिडियाका अनुृसार भिन्दमानका जुम्ल्याहा भाइ येभगेनी जो राष्ट्रिय सुरक्षा परिषद्का वकिल थिए, उनलाई पनि बर्खास्त गरिएको छ ।

नर्थ क्यारोलिनामा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू ती सुरक्षा अधिकारीसँग खुसी नभएको बताएका थिए । हाउसको विदेश मामिलासम्बन्धी समितिका सभापति इलियट एन्जेलले ह्वाइट हाउसको कदमलाई लज्जाजनक कार्य भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *