विश्वभर बढ्यो कोरोना भाइरस संक्रमण, शुक्रबार मात्रै ८६ जनाको मृत्यु

डिसी नेपाल
२५ माघ २०७६ ७:४०

काठमाडौँ । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट शनिबार बिहानसम्म ७ सय २२ जनाको ज्यान गएको छ।

शुक्रबार मात्रै चीनमा ८६ जना मासिको ज्यान गएको र हालसम्म ३४ हजार ५ सय ४६ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै  चाइना डेलीले जनाएको छ ।

चीनमा सो भाइरसबाट सोमबार ६४, मंगलबार ६६, बुधबार र ७३, ७३ तथा बिहीबार ८६ जनाले ज्यान गुमाएका छन् ।

यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा ४ सय जना संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

चीनपछि जापानमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । शुक्रबारसम्म जापानमा ८६ जना संक्रमित भेटिएका हुन् ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल फर्काउँदै छ।

सरकारले ती नेपालीलाई काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको छ भने २ विमान तयारी अवस्थामा राखेको छ।

उनीहरुलाई दुई साता छुट्टै निगरानिमा राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थान छनोट गरेको छ ।

बिहीबार मात्रै छिमेकी मुलुक भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ७ जना माल्दिभ्सका नागरिकसहित ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *