मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

डिसी नेपाल
२५ माघ २०७६ ९:४०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमानखोला गाउँपालिका–३ बुलबुलेमा भएको ट्याक्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–२ देखि तमानखोला गाउँपालिका–१ को बोङ्गादोभान जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्र्याक्टर बिहीबार साँझ दुर्घटना भएको थियो।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *