मसाज सेन्टर पुगेका युवकले मसाज मात्र गराउँछु अरु गर्दिन भने, युवतीको पारो चढेपछि…

डिसी नेपाल
२५ माघ २०७६ १०:४३

काठमाडौं। मसाज सेन्टरमा मसाज गराउन पुगेका एक युवकले मसाज मात्र गराउने भन्दै यौन सम्बन्धका लागि अस्वीकार गरेपछि गम्भीर परिणाम भोग्नु परेको छ । युवकलाई २ युवतीसहित ४ जनाले यसरी कुटे कि उनका कैयौं हड्डी भाँचिए । पुलिसले चारैजना आरोपीलाई पक्राउ गरेको छ । खलीज टाइम्सका अनुसार पीडित युवक अल्जेरियाका हुन् भने उनलाई कुट्ने चारैजना भियतनामी हुन् ।

यी भियतनामीहरु दुई महिला र २ पुरुष थिए । दुबइको जुन फ्ल्याटमा उनीहरु बस्थे त्यहाँ उनीहरुले मसाजको नाममा अवैध यौनधन्दा चलाउँथे । एक व्यक्ति मसाज गराउन उनीहरुको मसाज सेन्टर पुगे । उनले मसाजको लागि ४०० दिराम रकम बुझाए । ती व्यक्तिका अनुसार जब उनी भित्र गएर कपडा खोले त्यसपछि उनलाई टावेल समेत दिइएन । त्यसपछि त्यहाँ एक महिला आइन् । ती महिलाले उनीसँग यौनसम्बन्धी कुरा गर्न थालिन् ।

पीडितका अनुसार उनले महिलासँग आफूले सेक्स नगर्ने र केवल मसाजको लागि आएको बताए । त्यसपछि उनीहरुबीच विवाद भयो र पीडित युवकले आफ्नो ४०० दिराम पैसा फिर्ता मागे । उनले पैसा फिर्ता मागेपछि झगडा भयो । पीडितले पुलिसलाई बताएअनुसार त्यहाँ तीन जना अरु मानिसहरु पनि थिए जसमध्ये अर्की एक केटी पनि थिइन् ।

ती सबैले मिलेर उनलाई कुटपिट गरेकने पीडितले पुलिसलाई बताएका छन् । उनले आफूलाई स्टिल ट्युबले समेत कुटिएको बताएका छन् । पुलिले मसाज पार्लरको आडमा अवैध यौनधन्दा चलाएको र युवकलाई कुटपिट गरेको आरोपमा चारैजनामाथि मुद्दा चलाएको छ । कुटपिट गर्ने महिलाहरुको उमेर ३३ र ३५ वर्ष तथा पुरुषको उमेर ३९ र १८ वर्ष भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *