बालक आक्रमण गर्ने चितुवा खोरमा

डिसी नेपाल
२५ माघ २०७६ ११:२३

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ ।

यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर थापेको थियो।

सात÷आठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज विहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।

हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी छ चितुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ।

उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ । भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क पछिल्लो समय बढेको छ।

गत बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *