विद्युतीय झड्काबाट एकको मृत्यु

डिसी नेपाल
२५ माघ २०७६ १९:३४

सिन्धुली । दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको शनिबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका बताए ।

पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई विद्युतीय झड्का लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *