ओमानसँग हारको बदला लिने दाउमा नेपाल

डिसी नेपाल
२६ माघ २०७६ ८:३१

काठमाडौं। विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले फेरि ओमनको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा ओमनसँगै १८ रनले पराजित भएर खराब शुरुवात गरेको नेपालले हिजो भएको दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ। सिरिजमा अपराजित ओमन भने लगातार तेस्रो जित निकाल्दै विश्वकप लिग २ कै अंकतालिकामा शीर्षस्थानमा उक्लने दाउमा हुनेछ।

अमेरिकासँगको जित पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु जितको लागि खेल्ने र त्यसमा पनि ब्याटिङमा बढी केन्द्रीत रहेको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *