बेहुलीको सारी मन नपरेपछि विवाह छोडेर बेहुला फरार, १ वर्षको प्रेमपछि हुँदै थियो विवाह

डिसी नेपाल
२६ माघ २०७६ ९:५९

एजेन्सी । विवाहमा बेहुलीले लगाएको सारी मन नपरेको भन्दै एक बेहुला विवाह छाडेर फरार भएका छन् । बेहुलीको सारी बेहुलाका मातापितालाई मन परेको थिएन । सोही विषयमा विवाद भएपछि बेहुलाका मातापिताले बेहुलालाई फरार गराएका हुन् । दैनिक भास्करको समाचार अनुसार घटना बुधबारको हो ।

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमारको १ वर्षको प्रेमपछि विवाह हुँदै थियो । रघुकुमार र बीआर संगीताको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए । तर, बेहुलाका मातापितालाई संगीताले लगाएको सारी मन परेन ।

रघुकुमारका अभिभावकले संगीतालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए । यही विषयमा विवाद उत्पन्न भएको थियो ।

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ । ‘हामीले रघुकुमारविरुद्ध जालसाजीको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन्’ हसननगरका एसपी श्रीनिवास गोदले भने । प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *