नेपाललाई पहिलो झड्का, सुवास आउट
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ। नेपालले ४८ रन बनाउँदा ओपनर सुवास खकुरेल आउट भएका हुन्। उनले ४२ बलमा २२ रन बनाएर आउट भए।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने सोचमा छ । ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment