पुनःस्थापना केन्द्रमा उपचार गराउन पुगेकी महिलामाथि गार्डले गिद्देनजर लगाएपछि…

डिसी नेपाल
२६ माघ २०७६ १७:१३

काठमाडौं। पुनःस्थापना केन्द्र भनेपछि सजिलै बुझ्न सकिन्छ त्यो एउटा सुरक्षित ठाउँ हो। समाजमा व्याप्त लागुऔषध तथा दुर्व्यनीमा फसेकालाई सुधार गृहमा राखिन्छ र नयाँ जीवन दिइन्छ। नयाँ जीवनका लागि पुनःस्थापना केन्द्रमा रहेकाहरु नै असुरक्षित हुन्छन भन्दा अच्चम लाग्न सक्छ।

अच्चममा नपर्नुस्, काठमाडौंको बुढानिलकण्ठमा रहेको एक पुनःस्थापना केन्द्रमा रहेका सुरक्षा गार्डले नै बिमारी भएर आएका महिलालाई करणी प्रयास गरेको खुल्न आएको छ।

महानगरीय अपराध महाशाखाले आइतबार एक जनालाई पक्राउ गरेपछि यो तथ्य खुल्न आएको हो।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी न.पा. वडा नं. १२ घर भएका २५ वर्षका विशाल भनिने रमेश प्रसाद वाग्ले रहेको प्रहरीले जनाएको छ। बुढानिलकण्ठ न.पा. वडा नं. ६ विष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनःस्थापना केन्द्रमा व्यवस्थापक समेतको काम गर्ने सुरक्षागार्ड वाग्लेलाई विशेष सूचनाको आधारमा पुनःस्थापना केन्द्रबाट पक्राउ गरको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अभियुक्त वाग्लेले विभिन्न बहाना बनाएर एकान्तमा बोलाई सम्झाउने बनाहानामा महिलाहरुलाई अश्लिल हर्कत गर्ने, संवेदनशिल अंगहरुमा समाई पीडित बनाउदै आएका थिए।

अभियुक्त वाग्लेलाई नियन्त्रणमा लिई करणी उद्योग गर्ने मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोपी वाग्ले हाल काठमाडौं प्रहरी परिसरको हिरातमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *