समुद्रमा खस्यो आईफोन, ह्वेलले गरिदियो फिर्ता (भिडियोसहित)

डिसी नेपाल
२६ माघ २०७६ १९:३२

काठमाडौं। बलिउड अभिनेत्री ऋचा चड्ढा आफ्नाे फिल्मका साथै सामाजिक सञ्जालमा निकै सक्रि हुन्छिन्।

उनी आफ्नो व्यवसायीक कामका साथै राजनीतिक र पर्यावरणसँग सम्बन्धित विषयमा पनि सामानजिक सञ्जालमा पोस्ट गरिरहन्छिन्।

उनले हालै एक भिडियो रिट्वीट गरिन्। जसमा एक ह्वेल माछाले आश्चार्यजनक रुपमा एक आईफोना फिर्ता गरेको देखिन्छ।

यो भिडियो साइन्स गर्ल नामको अकाउण्टबाट शेयर गरिएको छ। उनले यस भिडियोको क्याप्सनमा एक ह्वेलले एक महिलाको आईफोन समुद्रबाट फिर्ता गरिदिएको छ किनकी यी महिलाले गल्तीले आफ्नो आईफोन समुद्रमा खसालेकी थिइन्। यो घटना नर्वेको ह्यामरफेस्ट हार्बरको हो। लेखिएको छ।

खासमा दुई विद्यार्थी यो फ्रेण्डली ह्वेललाई हेर्न पुगेका थिए। र यसैक्रममा एक छात्राको आईफोन समुद्रमा खस्यो। त्यहाँ रहेको ह्वेलले तुरुन्तै आफ्नो मुखले सो फोन ती छात्रालाई फिर्ता गर्यो।
एक हल्लाका अनुसार यो ह्वेल रुसको जासुसी एजेन्सीबाट छुटेर आएको हो। यी तालिक प्राप्त जासुस माछा पनि भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *