पोखरामा कुकुर बचाउन गएका युवा सेती खोँचमा खसे, उद्धार कार्य जारी

डिसी नेपाल
२७ माघ २०७६ ११:०३

पोखरा । पोखराको नयाँ पुल नजिकैबाट एक व्यक्ति सेती नदीको खोँचमा खसेका छन् ।

आज बिहान कुकुरलाई होर्‍याएर हिँडेका करिब २२, २३ वर्षका युवक आकाश गुरुङ सेती नदीको खोँचमा खसेको स्थानीयले बताएका छन् ।

बिहान कुकुर लिएर हिँडेका गुरुङको सुरुमा कुकुर खसेको र कुकुरलाई बँचाउन लाग्दा आफैँ खसेर खोँचमा परेको बताईएको छ ।

अहिले प्रहरी र स्थानीयको सहकार्यमा गुरुङको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *