भ्रमण वर्षको पहिलो महिनामै घटे पर्यटक

डिसी नेपाल
२८ माघ २०७६ १०:२३

काठमाडौं। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना मै पर्यटकको संख्या घटेको छ। सन् २०२० को जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको जनवरीमा ८१ हजार २ सय ६४ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गर्दै एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। भम्रण वर्ष घोषणा गरेकै पहिलो महिना पर्यटक घटेपछि सरकारको लक्ष्य पुरा गर्न कठिन हुने देखिएको छ।

बोर्डका अनुसार चिनमा देखिएको नोवल कोरना भाइरसको असर नेपालको पर्यटकिय बजारमा पर्न थालेको छ । यसको असर आगामी महिना अझै पर्ने विश्लेषण गरिएको छ।

जनवरीमा नेपाल घुम्न आउने चिनीयाँ पर्यटकको संख्या घटेको छ। सन् २०१९ मा १३ हजार ६०८ चिनियाँ पर्यटक नेपाल आएकोमा २०२० मा ३८५ ले कमी भई १३ हजार ३०३ जना पर्यटक मात्र नेपाल आएका छन्।

जनवरीमा भारतको पर्यटक भने बृद्धि भएको छ। सन् २०१९ जनवरीमा भारतबाट १४ हजार ६५० पर्यटक आएकोमा २०२० जनवरीमा १६ हजार ८ सय पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *