भिडियोः १३ वर्षे बालकको यौनशोषणको आरोप लागेकी मोडलले सडकमै कपडा खोलिन्

काठमाडौं। १३ वर्षका बालकको यौनशोषणको आरोप लागेकी ‘बर्लेस्क्यु’ डान्सरले एक टिभी शोको टिमले यसबारे सोध्दै गर्दा सडकमै कपडा खोलिदिएकी छिन् । अस्ट्रेलियाको क्विन्सल्याण्डकी बिथानी एजेकोम्बे नामकी यी मोडलले आफूलाई इन्स्टाग्राममा ब्लोन्डी नामले चिनाउँछिन् । इन्स्टाग्राममा झण्डै १ लाख फलोअर भएकी ब्लोन्डीमाथि क्विन्सल्याण्डकै १३ वर्षका किशोरको यौनशोषण गरेको आरोप लागेको छ ।

उनले ती किशोरलाई अश्लील म्यासेज र आफ्ना नग्न फोटोहरु पठाएकी थिइन् । उनलाई टिभी शो ‘द करेन्ट अफेयर’ले सडकमा यसबारे सोध्दा उनले आफूले अश्लिल म्यासेज पठाएको र नग्न फोटो पठाएको स्वीकार गरेकी छिन् । ती १३ वर्षका किशोरले ब्लोन्डीलाई आफ्नो एक पोस्टमा मेन्सन गरेपछि उनले किशोरसँग अश्लिल संवाद गर्न थालेकी थिइन् ।

टिभी शोको टिमले उनलाई मेलबर्नको बीचमा उनीसँग यसबारे सोध्दा उनी पहिले हाँसिन् त्यसपछि उनले किशोरलाई तस्वीरहरु पठाएको स्वीकार गरिन् । ‘तपाइँ ती बालकका अभिभावकलाई के भन्न चाहनुहुन्छ ?’ रिपोर्टर ड्यान नोलानले सोधे । ‘धन्यवाद, त्यो मेरो कमेन्ट हो’ उनले भनिन् त्यसपछि उनले आफ्नो टप उचालेर व्यस्त सडकमै स्तन देखाइन् ।

ब्लोन्डीले आफूले ती किशोरलाई अश्लील सन्देश र नग्न फोटो पठाएको स्वीकार गरेपछि उनीसँग भेट्न इच्छुक नभएको बताइन् । उनले आफूले यसरी नग्न फोटो पठाएका ती किशोर एकमात्र भएको र अन्य कम उमेरका कसैलाई नपठाएको दावी गरिन् । क्लिवन्सल्याण्ड पुलिसले उनका विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position