जीवनका लागि संघर्षको अगाडि हार्‍यो कोरोनाभाइरस, संक्रमित आमाले स्वस्थ बच्चा जन्माइन्

डिसी नेपाल
२८ माघ २०७६ १५:०१

काठमाडौं। पछिल्लो समय नोबेल कोरोनाभाइरसले ठूलो संख्यामा मानिसहरुको ज्यान लिइरहेको छ । चीनमा यसको प्रकोप अत्याधिक छ र त्यहाँ मात्र १ हजार जनाले ज्यान गुमाइसकेका छन् । यही बीचमा चीनको झेजियांगमा नोबेल कोरोनाभाइरसबाट संक्रमित उक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । ती महिलाले स्वस्थ छोरी जन्माएपछि त्यहाँ खुसीको लहर छाएको सिन्ह्वाले लेखेको छ । सिन्ह्वाले यसको जानकारीसहित गरेको ट्यीटमा ठूलो संख्यामा बधाइ ओइरिएका छन् ।

नवजातको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । नवजातलाई गहन रेखदेखमा राखिएको छ । हांगझोउमा झेजियांग युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा नवजातको केही दिनपछि पुनः परीक्षण गरिनेछ । सिन्ह्वाको पोटमा सामाजिक संजाल प्रयोगकर्ताले बालिकालाई भाग्यमानी भनेका छन् । यद्यपि यी बालिकामा पछि संक्रमण देखिने खतरा पनि छ किनकि आरएनए भाइरस ६ महिनासम्म परीक्षणमा नदेखिन पनि सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *