भरुवा बन्दुकसहित पक्राउ

डिसी नेपाल
२८ माघ २०७६ २०:३५

जाजरकोट । भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एकलाई पक्राउ गरेको छ । नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जङ्गलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित पक्राउ गरेको हो ।

उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ नौ थान र सिसाको छर्रा १९ थान बरामत गरेको डोल्पा प्रहरी प्रमुख नारायण रन्जितकारले जानकारी दिए ।

मंगलबार पक्राउ परेका रोकायलाई जिल्ला अदालत डोल्पामा हतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *