पराजुलीको दोस्रो सांगीतिक कोसेली ‘ओठवाली’ बजारमा (भिडियाे)
काठमाडाैं। अमेरिका बस्ने गजलकार अग्नि पराजुलीको दोस्रो सांगीतिक कोसेली र पहिलो गज़ल ‘ओठवाली’ भिडियो बजारमा आएको छ। संगीतकार चण्डी काफ्ले, एरेन्जर साहस शाक्य र गायक राज सिक्देलको आवाजमा रहेको यो गीतमा प्रेम र रोमान्सलाई नयाँ शीराबाट देखाउन खोजिएको छ।
बिछोडमा रहेका युवा जोडीहरुलाई परिवारको सम्झना कति धेरै हुन्छ र एक्लै समय बिताउन कति गार्हो हुन्छ भन्ने भावलाई मनोरंजनको माध्यम द्वारा यस गीतमा देखाउन खोजिएको बताउछन गीत तथा गजलकार पराजुली। आफ्नो परिवारको भबिश्यका लागि परदेशिनेहरुको सपना र श्रीमतीको इच्छालाई गीतमा समेटिएको छ।
कलाकार दुर्गेस थापा र सोनीका रोकायाले आफ्नो अभिनयलाई बढो शालिन शैलीमा आफ्नो कला प्रस्तुत गरेका छन् भने कोरस समूहले गीतलाई जीवन्त राख्न ठूलो भूमिका खेलेको छ। भिडियोको निर्माणमा निर्देशक गम्भिर बिष्टले निक्कै मेहनत गरेको देख्न सकिन्छ।
भिडियाे
No ads found for this position

डिसी नेपाल
Facebook Comment