कम्पनीले बेवास्ता गर्दा युएईमा अलपत्र परेका एक नेपालीको उद्धार

डिसी नेपाल
२९ माघ २०७६ १४:१५

दुबई । युएईमा अलपत्र एक नेपालीको उद्धार गरिएको छ ।  दुबईको अल्कुजमा विगत दुई महिनादेखि अलपत्र परेका कास्कीका पूर्णबहादुर (क्षेत्री) को उद्दार गरिएको हो।

उनले आफूलाई कम्पनीले खान ,बस्न तथा कामबाट बञ्चित गरेकोले विगत दुई महिनादेखि खुल्ला चौर तथा सडकहरूमा बस्दै आएको बताएका थिए।स्वदेश फर्कनलाई आर्थिक अवस्था कमजोर रहेको भन्दै उद्धार गन नेपाल एसोसिएसन (एनआरएनए /एनसीसी) युएईलाई अनुरोध गरेका थिए।

एसोसिएसनले पीडित पूर्णबहादुरको अवस्था बुझी उनलाई नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको जनाएको छ । उनलाई नेपाल फर्कने हवाइ टिकटको पनि एसोसिएसनले व्यवस्था गरेको हाे । पूर्णबहादुरको  बिहीबार दिउँसो १ बजे नेपाल फर्कने टिकट छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *