कोरोनाभाइरस संक्रमित कर्मचारी भेट्टिएपछि बैंक खाली, कर्मचारीलाई बिदा

डिसी नेपाल
१ फागुन २०७६ ७:५७

काठमाडौँ । एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द भएको छ ।

बैँकका कर्मचारीलाई कोरोनाको सङ्क्रमण देखिएपछि थप संक्रमण बढ्न नदिन बैँक शाखा नै बन्द गरिएको डिबीएस बैँकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । ती सबै कर्मचारीलाई बुधबारदेखि छुट्टी दिइएको छ । यो बैंक मरीना बे पाइनेन्सियल सेन्टरको ४३औँ तलामा रहेको छ।

यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् । चीनमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या झण्डै ४४ हजार पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *