कुवेतको निर्माणस्थलमा पुरिएर ४ जना नेपालीको मृत्यु, ३ जना अझै बेपत्ता (भिडियोसहित)

डिसी नेपाल
१ फागुन २०७६ १०:०४

काठमाडौं। कुवेतको अल मुतला क्षेत्रमा निर्माणस्थलमा बालुवा र गिट्टीको ठूलो ढिस्कोले पुरिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । थप ३ जना घाइते भएका छन् । पुरिएका अन्य ३ जना कामदारको अवस्था अझै अज्ञात छ । उद्धार कार्य जारी छ ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अरब टाइम्सले लेखेअनुसार ती कामदारहरु चिनियाँ कम्पनीमा कार्यरत थिए । उनीहरुले ब्लक १ मा म्यानहोल बनाउने काम गरिरहेका थिए । यही क्रममा बालुवा र गिट्टीको थुप्रो उनीहरुमाथि खसेको हो । सूचना पाएलगत्तै गएको उद्धार टोलीले पुरिएका ७ जनालाई बाहिर निकालेकोमा ४ जनाको ज्यान गइसकेको थियो । चारैजना नेपाली भएको खुलेको छ । घाइतेहरुलाई जोहरा अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ र पुरिएका अन्य ३ जनाको खोजी जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *