स्वर सम्राट नारायण गोपालको सम्मानमा उनका गीतहरु ‘फोनोग्राफ फर्म्याट’मा उपलब्ध
वासिङ्टन डिसी, अमेरिका । वाईल्ड याक रेकर्ड्सले स्वर सम्राट नारायण गोपालका कालजयी गीतहरुलाई आफुनो वेवसाईटमा रि–स्टोर गरेको छ। नारायण गोपालका १० कालजयी गीतहरुलाई ‘फोनोग्राफ फर्म्याट’मा रेकर्ड गरेर उपलब्ध गराएको हो।
ती गीतहरुमा एउटा मान्छेको, यति धेरै माया, केही मिठो बाट गर, आजभोली हरेक साँझ, पर्खिबसेँ आउला भनी, तिमीले भनेका, मलाई नसोध, यो सम्झिने मन छ, मेरो बेहोसी र मोहनी लाग्ला है रहेका छन्।
वाईल्ड याक रेकर्ड्सले नारायण गोपालको सम्मानमा उक्त गीतहरुलाई रि–मास्टर्ड गरेर आफ्नो वेवसाईटमा राखेको जनाएको छ। ती गीतहरु www.wildyakrecords.com मा उपलब्ध रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment