नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा– कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले शुक्रबार आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा– कलङ्की सडकखण्डमा चाँडो सिसिटिभी र सडकबत्ती जडान गरिने बताए ।

“चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि सिसिटिभी र सडक बत्ती जडान गर्न लागेका हौँ”, उनले भने। नगरपालिकाले सिसिटिभी र सडक बत्ती जडानका लागि १ करोड रकम विनियोजन गरेको उनको भनाइ थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताए । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैँ दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।

नेपाल ट्रक तथा टिप्पर व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गरे। कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position