महोत्सवमा लोपोन्मुख खानाका परिकार एवं कृषि प्रदर्शनी

डिसी नेपाल
३ फागुन २०७६ ११:०५

पोखरा । पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएशन (सिटी रेवान) द्वारा आयोजित आठौँ संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’मा लोपोन्मुख खानाका परिकारका साथै कृषि प्रदर्शनी गरिने भएको छ।

यही फागुन २३ देखि २५ गतेसम्म पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव गर्न लागिएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवका मुख्य आकर्षणमा खानाका परिकार रहने जानकारी दिँदै उहाँले उक्त अवसरमा लोप हुन लागेका खानाका परिकार, हस्तकला आदिका स्टल एवं कृषि प्रदर्शनीसमेत गरिने बताए ।

महोत्सवका सहभागीले राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिन पाउने छन्।

स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा गर्न लागिएको महोत्सवमा जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायतको साथ र सहयोग हुने आयोजकले जनाएको छ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा गर्न लागिएको महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास लिइएको तिमल्सिनाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *