दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

डिसी नेपाल
३ फागुन २०७६ १९:४५

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा शनिबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् । उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *