कालीगण्डकी नदीले बगाएका नौ वर्षीय बालकको उद्धार

डिसी नेपाल
३ फागुन २०७६ २२:४१

गलेश्वर। कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई शनिबारदिउँसो कालीगण्डकी नदीले बगाएको थियो।

कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पुर्याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ।

घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ। महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *