अमेरिकी जनगणनाबारे नेपाली समुदायलाई प्रशिक्षण

डिसी नेपाल
४ फागुन २०७६ १०:२७

डिसी नेपाल
बाल्टिमोर, अमेरिका । मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई अमेरिकी सरकारले शुरु गर्न लागेको जनगणनामा सहभागिताबारे प्रशिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ ।

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) ले केही हप्तापछि नै शुरु हुने अमेरिकाको राष्ट्रिय जनगणनामा यहां बस्ने नेपाली समुदायका व्यक्तिहरु सहभागी हुंदा वा नहुंदाका फाइदा र नोक्सानबारे जनचेतना जगाउने भएको हो । बानका अध्यक्ष सुवोधविलास पन्तका अनुसार, १६ फेब्रुअरी आइतवारको दिन दिउंसो २ बजे मेरिल्याण्डको केटन्सभिल क्षेत्रमा यस्तो सचेतना कार्यक्रम गर्ने तय भएको छ । सो कार्यक्रममा अमेरिकी जनगणनासम्बन्धी स्थानीय काउण्टीका अधिकारी तथा बानाका तर्फबाट डा.कृष्ण ढकालले प्रशिक्षण दिने भएका छन् । 1316 gatefield Rd. Catonsville MD 21228  हुने सो कार्यक्रममा उक्त क्षेत्र र आसपासमा रहनु हुने सबै नेपालीहरुलाई उपस्थितिका लागि बानाका अध्यक्ष पन्तले आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *