रोजगारीका लागि दक्षिण कोरिया आएका लिम्बुले गरे झुण्डिएर आत्महत्या

डिसी नेपाल
४ फागुन २०७६ २०:१०

सौल ।  दक्षिण कोरियामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली इपिएस मार्फत ३ वर्ष अघि यहाँ आएका इलामकी २७ वर्षीय यामकुमार लिम्बुले आत्महत्या गरेकी हुन् ।

उनी शनिबार बेलुका ४ बजे कम्पनीमा आफ्नो कोठासँगै रहेको गोदाम भित्र झुन्डिएर झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गर्नुको कारण नखुले पनि मानसिक तनावले हुनसक्ने अनुमान गरिएको छ ।

मृतक यामकुमारले राजधानी सौलबाट करिब ३ सय ४५ किलोमिटर टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ शहर नजिकै एक किसानको स्याउ खेतीमा काम गर्थे । अहिले उनको शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ । घटनाको बारेमा सौलस्थित नेपाली राजदूतावासलाई जानकारी गराई सकिएको नेपाली सम्पर्क समितिका उपाध्यक्ष हरि खनालले डिसी नेपाललाई बताए ।

मृतक लिम्बूले केही दिनअघि मात्रै आफू बिदामा नेपाल जान्छु भनेर कम्पनीको मालिकलाई बताएको बुझिएको छ । उनका नेपालमा दुई छोरी र श्रीमती छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *